नेपाल राष्ट्र बैङ्क,सहकारी विभाग,प्राधिकरण जारी गरेको मापदण्ड सम्बन्धि अभिमुखिकरण कार्यक्रम
September 06, 2025

नेफ्स्कुन र चिस्कुनको साझेदारी कार्यक्रम 
चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि।को आयोजना, भरतपुरमाहानगरपालिका वडा न १० वडाको आर्थिक सहयोग र नेफस्कुनको प्राबिधिक सहयोगमा सदस्य संस्थाहरुका लागि २०८२ भाद्र २० गतेका दिन जिल्ला सहकारी संघ लिको सभाहलमा सहकारी बिभाग , नेपाल राष्ट्र बैक र राष्ट्रिय सहकारी नियमन प्राधिकरणको जारी निर्देशन सम्वन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम संघका अध्यक्ष श्री विद्या कोइरालाज्यूको अध्यक्षतामा एव भरतपुर महानगरपालिका वडा न १० का अध्यक्ष परमेश्वर खनालज्युको प्रमुख आतिथ्यता र जिल्ला सहकारी संघ लि चितवनका कार्यवाहक अध्यक्ष श्री प्रेमनाथ दवाडीज्यूको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको छ । नेफस्कुन पुर्व संचालक एव संघका सल्लाहकार श्री भरतप्रसाद दवाडीज्यू, जिल्ला सहकारी संघका कोषाध्यक्ष पदमपाणी सुवेदीज्यू,लेखा सुपरीवेक्षण समितिका संयोजक श्री मीनप्रसाद सुवेदीज्यू, कोओपरेटिभ म्यनेजर्स क्लब चितवनका अध्यक्ष श्री मेघनाथ लामिछानेज्यु समेतको उपस्थिती रहेको थियो । नेफस्कुनका सदस्य बिभागिय प्रमुख दुर्गा प्रसाद ढकालज्युले सहजीकरण गर्नुभएको यस अभिमुखीकरण कार्यक्रममा वर्तमान जारी गरिएको मापदण्ड अनुसार साकोसले कार्यान्वयन गनुपर्ने सो हाल भावि कसरि जाने साकोसलाई पर्ने सकरात्मक प्रभाव र गुणस्तरिय सुनिश्चत कार्यक्रम स्क्यानको को बारेमा जानकारी दिनुभएको थियो  ।  ११५ संस्थाका अध्यक्ष र व्यवस्थापक गरी जम्मा २२४ जनाको उपस्थितीमा सम्पन्न भएको थियो भने संचालन श्री इश्वरी शर्मा ढकालज्यूले गर्नुभएको थियो । उपस्थित सम्पुर्णलाई संचालक सदस्य श्री नारायण प्रसाद कंडेलज्यूले धन्यवाद व्यक्त गुर्नभएको थियो ।