पाँचौ चार बर्षीय रणनीतिक ब्यावसायिक योजना निर्माण कार्यशाला सम्पन्न
July 08, 2025

चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि चितवनको पाँचौ चार बर्षीय रणनीतिक ब्यावसायिक योजना निर्माण कार्यशाला आगामी आ ब २०८२/०८३ देखि २०८५/०८६ सम्म्को लागि सम्पन्न गरेको छ ।

भरतपुर महानगरपालिका -११, धावन पार्टी प्यालेसको तालीम हलमा भएको उक्त कार्यक्रम संघका अध्यक्ष श्री बिद्या कोइरालाको अध्यक्षतामा एवं बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ का संचालक सदस्य श्री हरिश्चन्द्र सुबेदिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमका बिशिष्ट अतिथि नेफस्कुनका पुर्व लेखा सुपरिवेक्षण समितिका संयोजक एव संघका सल्लाहकार श्री नवराज सापकोटा , बागमती प्रोस्कून का पुर्ब संचालक सदस्य एब संघका सल्लाहकार तेजेन्द्रबहादुर खड्का , जिल्ला सहकारी संघका कार्यबाहक अध्यक्ष श्री प्रेम प्रसाद दवाडी , संघका कानुनी सल्लाहकार वरिष्ठ अधिबक्ता श्री जगन्नाथ भण्डारी रहनु भएको थियो ।

संघको आगामी भावी कार्यदिशा सहितको योजनालाई तेजेन्द्र बहादुर खड्काले सहजीकरण गर्नुभएको थियो ।

नेफस्कुनका पुर्ब संचालक सदस्य एवं सल्लाहकार भरत प्रसाद दवाडी , सल्लाहकार केशवप्रसाद रेग्मी , संघ संरक्षण समिति सदस्य एवं सस्थापक अध्यक्ष सोमराज खनिया , संघ संरक्षण समितिका सदस्य धनप्रसाद श्रेष्ठ , लेखा सुपरिवेक्षण समितिका संयोजक श्री मिनप्रसाद सुवेदी लगायत संचालक समिति , लेखा सुपरिवेक्षण समिति , सल्लाहकारहरु , संघ संरक्षण समिति , सम्पुर्ण उपसमितिका सदस्यहरु , पालिका स्तरीय संजाल संयोजकहरु र संघका कर्मचारीहरु सहित ४२ जनाको उपस्थितिमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष श्री इश्वरी शर्मा ढकालले स्वागत गर्नुभएको थियोे भने कार्यक्रम संचालन सहसचिव रीतु गिरीले गर्नुभएको थियोे ।