काठमाडौं : इन्जिनियर साथी सहकारी संस्थाका सदस्यहरुले आफ्नो खातामा रहेको रकम कुनै पनि बैंकमा ट्रान्सफर गर्न सकिने भएको छ ।
इन्जिनियर साथी मोबाईल एप प्रयोगकर्ता सदस्यहरुले कुनै पनि बैंकमा रुपमा रियल टाईममा रकम ट्रान्सफर गर्न सकिने भएको हो । यो सेवा सदस्यहरुमा प्रभाकारी देखिएको संस्थाका सदस्यहरुले प्रतिक्रिया दिएका छन्।
सम्पूर्ण सेवाहरु अनलाइन मार्फत प्रदान गर्ने इन्जिनियर साथी सहकारी आफ्ना सदस्यहरुलाई मोबाइल एप मार्फत सहकारीमा रहेको आफ्नो खाताको रकम आफुलाई पायक पर्ने बैंकमा रहेको आफ्नो वा आफुसँग सम्बन्धित व्यक्तिहरुको खातामा ट्रान्स्फर गरी आफूलाई अत्यावश्यक रकम निकाल्न सहज भएको सदस्यहरुले बताएका छन् ।
इन्जिनियर साथी एपबाट आफ्नो खातामा रहेको ब्यालेन्स सम्बन्धी जानकारी लिने गर्ने, स्टेटमेन्ट प्राप्त गर्ने, ऋणको जानकारी लिने, फण्ड ट्रान्स्फर गर्ने, चेक अनुरोध तथा रद्द गर्ने जस्ता बैंकिङ सुविधा तथा मोबाईल टपअफ, ईन्टरनेट, टि.भी., विद्युत, खानेपानी जस्ता भुक्तानी सुविधा समेत उपलब्ध रहेको छ ।