काठमाडौं । नेपाली दर्तावाल इन्जिनियरहरुको सहकारी इन्जिनियर साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले यस बर्ष बिभिन्न आकर्षक बचत योजनाहरु थप गरेको छ । आफ्ना सदस्यहरुलाई सामान्य बचतमा नै ९.७५ % सम्म ब्याज प्रदान गर्ने सहकारीले आवधिक बचतमा १२.५% सम्म ब्याज प्रदान गर्दछ । हाल आफ्ना सदस्यहरुद्वारा संचालित संस्थाहरुलाई बिभिन्न आर्थिक क्रियाकलापहरुमा सहयोग गर्ने उद्देश्यले उद्धयमशील बचत तथा कर्जा समेत थप गरेको छ । नेपाली इन्जिनियरहरुलाई बिना धितो दस लाख सम्म कर्जा प्रदान गर्ने यस सहकारि आफ्ना सम्पूर्ण सेवा तथा सुबिधाहरु अनलाइन मार्फत प्रदान गर्ने नेपालको एक मात्र सहकारी हो।
सहकारीले बचत तथा कर्जा बाहेक निम्न अनुसारको सेवा तथा सुविधा समेत प्रदान गर्दछ ।
- मोबाईल रिचार्ज, इंटरनेट, बिधयुत तथा खानेपानीको बिल भुक्तानी ।
- Flight Ticketing
- IRD कर भुक्तानी
- Traffic Police Fine Payment
- सदस्यहरुको सवारी कर भुक्तानी तथा नवीकरण सेवा
- सजिलो बैंक ट्रांसफर सुबिधा
- बाल बचत खातामा सहभागी सदस्यहरुका बाल बच्चाहरुलाई जन्म दिनको दिन आकर्षक उपहार प्रदान गर्ने ।
- ईन्जिनियर आवास कार्यक्रम