Skip to content

About Us

इञ्जिनियर साथी परिचय

२०६७ सालमा रास्ट्र निर्माणका संवाहक इञ्जिनियरहरुलाई आवश्यक आर्थिक परिचालनको सहजताको लागि दर्तावाल नेपाली इञ्जिनियरहरुको लागि स्थापित एकमात्र वचत तथा ऋण सहकारी संस्था हो इञ्जिनियर साथी वचत तथा ऋण सहकारी लिमिटेड ।

इञ्जिनियर साथी इञ्जिनियरहरुलाई अत्यावस्यक आर्थीक कारोवारका लागी सहज बनाउने मुलभुत उद्देश्य राखि पूर्ण पारदर्शी रुपमा सहकारीका मुल्य तथा मान्यतालाई आत्मसाथ गर्ने एक विश्वासिलो संस्था हो ।

बचत तथा ऋणको मुल कारोबार गर्ने यस संस्था आफ्नो स्थापनाको सुरावाती चरणमा सीमित सदस्य माझ मासिक बचत तथा सामान्य घर खर्च सापटी रकमको रुपमा कर्जा प्रवाह गरेको यो संस्था हाल आफ्नो सदस्यता विस्तार सँगै बिभिन्न बचत खाता मार्फत बचत कारोबार तथा बिना धितो पाँच लाख सम्म कर्जा प्रवाह गर्दै धितोको आधारमा थप रकम कर्जा प्रवाह गर्दछ । आफ्ना सदस्यलाई कारोबारमा सहजताका साथै आवस्यक सुबिधा प्रदान गर्न अग्रसर रहेको यस संस्थाले आफ्ना सम्पूर्ण सेवाका साथै वचत तथा कर्जा सम्वन्धी कारोवार सुरक्षितरूपमा अनलाइन मार्फत गर्न सक्ने व्यवस्था मिलाएको छ ।

सहकारीले संचालन गरिरहेका सेवाहरु (बचत तथा कर्जा बाहेक)

  • बिभिन्न भुक्तानी सेवाहरु जस्तै मोबाइल, टेलीफोन, इंटरनेट, बिध्युत, खानेपानी एवं Khalti/Esewa जस्ता सेवा प्रदायकहरुका सम्पूर्ण सेवाहरु ।
  • सहूलियत पूर्ण रास्ट्रिय हवाई टिकेट (Domestic Air Ticketing) सेवा ।
  • नेपाल सरकारका बिभिन्न राजस्व भुक्तानी सेवाहरु जस्तो IRD Payment, Traffic Fine Payment आदि ।
  • बाल बचत खातामा सहभागी सदस्यहरुका बाल बच्चाहरुको जन्म दिनको दिन Birthday Cake उपहार स्वरूप प्रदान गर्ने ।

निकट भविष्यमा थप गरिने सेवाहरु

  • सदस्यहरुको सवारी कर भुक्तानी तथा नवीकरण सेवा ।
  • ईन्जिनियर आवास कार्यक्रम संचालन गरिने । 

We are driven by values

We are committed to follow the principles of cooperative. We are here to serve Engineers who are in financial need.