इञ्जिनियर साथी वचत तथा ऋण सहकारी लिमिटेडको बार्षिक साधारण सभामा प्रस्तुत हुने छलफलका बिषयहरु ।
वार्षिक साधारण सभामा संचालक समितीको तर्फवाट प्रस्तुत आव २०७७/७८ को अवस्था तथा आव २०७८/७९का लागि छलफलका बिषयहरु निम्न अनुसार प्रस्ताव गरिएको छ । साधारण सभा अगावै बिषयहरुमा सुझाव / राय वा केहि धारणा राख्नु परेमा वा थप गर्नु पर्ने प्रस्तावहरु भएमा ९८०१९०२६०५ /info.engineersathi@gmail.com मा लेखि पठाउन सक्नुहुनेछ ।
सर्वप्रथम आव २०७७-७८ को अवस्था
विश्वव्यापी कोरोना महामारीका कारण सिर्जित असहज परिस्थितिका कारण गत वर्षको लक्ष्य तथा योजना प्राप्त गर्न नसकिएको भएता पनि सहकारीको गत वर्षसम्मको पूंजी परिकल्पना अनुसार सेयर पूंजीलाई न्यून रुपमा बृद्धि गर्दै बचत रकमलाई तीन गुणा भन्दा धेरैको बृद्धि गराउन सफल भएको जानकारी गराउदछौं । सहकारीको वासलातमा उल्लेख्य बृद्धि भई सहकारी बिभागद्वारा जारी गरिएको सहकारीहरुको बर्गीकरण अनुरूप दोस्रो तहमा प्रवेस गरेको जानकारी गराउन समेत चहान्छौं ।
माहमारीकै विच पनि निम्न अनुसार कार्य प्रगति रहेको जानकारी गराउदछौं ।
- आ.व. २०७७/०७८ संस्थाको मुनाफामा उल्लेख्य बृद्धि भएको ।
- आ.व. २०७७/०७८ बचत रकम उल्लेख्य रूपले बृद्धि भएको ।
- आ.व. २०७७/०७८ मा सदस्य ऋण असुली तथा ऋण लगानी दुबैमा उल्लेख्य प्रगति भएको ।
- सहकारीको QR Code सहितको Updated मोबाइल एप्लिकेसन संचालनमा ल्याएको ।
- सहकारीको आफ्नै वेवसाइट (https://engineersathi.com.np/) मा सदस्यहरुले Login गरी Online माध्यम बाट सदस्यता आबेदन, KYM फारम भर्नको साथै कर्जा आवेदन दिन समेत सकिने व्यवस्था संचालनमा ल्याएको ।
सहकारीले संचालन गरिरहेका सेवाहरु (बचत तथा कर्जा बाहेक)
- Cash Back सहितका बिभिन्न भुक्तानी सेवाहरु जस्तै मोबाइल, टेलीफोन, इंटरनेट, बिधयुत, खानेपानी एवं Khalti/Esewa जस्ता सेवा प्रदायकहरुका सम्पूर्ण सेवाहरु ।
- सहूलियत पूर्ण रास्ट्रिय हवाई टिकेट (Domestic Air Ticketing) सेवा ।
- नेपाल सरकारका बिभिन्न राजस्व भुक्तानी सेवाहरु जस्तो IRD Payment, Traffic Fine Payment etc.
निकट भविष्यमा थप गरिने सेवाहरु
- सदस्यहरुको सवारी कर भुक्तानी तथा नवीकरण सेवा
- बाल बचत खातामा सहभागी सदस्यहरुका बाल बच्चाहरुजन्म दिनको दिन Birthday Cake उपहार स्वरूप प्रदान गर्ने ।
- ईन्जिनियर आवास कार्यक्रम संचालन गरिने ।
आव २०७८-७९ का लागी छलफलका बिषयहरु
१. आव २०७७-७८ को लाभांश बितरण गर्ने बारे ।
२. सहकारीको ऋण लगानी तथा बचतको ब्याजदरको फरक (स्प्रेड दर) ६% वा सोभन्दा कम कायम गर्ने वारे ।
३. ब्याजदर सम्बन्धी व्यवस्थामा Base Rate System प्रचलनमा ल्याउने बारे ।
४) बचत खाताहरुको ब्याजदर परिवर्तन तथा खाताको प्रकारहरु थप गर्ने सम्बन्धमा ।
५) कर्जाहरुको ब्याजदर परिवर्तन तथा प्रकारहरु थप गर्ने सम्बन्धमा ।
6) सहकारीको लक्ष्य तथा योजना सम्बन्धमा ।
७) लेखा परीक्षकबाट प्राप्त आ व २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदन पारित गर्ने ।
८) आव २०७८-७९को लागि लेखा परीक्षक नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने सम्बन्धमा ।
९) संचालक समितिको निर्णयले थप गरेका अन्य प्रस्तावहरु ।
१०) सदस्यज्युहरूले साधारण सभामा पेश गर्ने भनी पठाएका अन्य प्रस्तावहरु ।
धन्यबाद !!!!
संचालक समितिको आज्ञाले
सचिव